सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
महँगीको दबाबबीच कर्मचारीको तलब बढाउने निर्णय
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:५४
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि निजामती तथा सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको पारिश्रमिक वृद्धि गरिने जानकारी दिएका हुन्।
तलब वृद्धिसँगै अब सरकारी कर्मचारीहरूको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ कायम हुने तथा अधिकतम पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने उनले बताए। सरकारले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च बनाउन र बढ्दो महँगीलाई सम्बोधन गर्न तलब वृद्धि गरिएको जनाएको छ।
अर्थमन्त्री वाग्लेले नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुने पनि जानकारी दिएका छन्।












