लिज जग्गामा बनेका संरचनालाई पनि बैंक धितोको मान्यता
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१३
shares

काठमाडौं : सरकारले उद्योगी व्यवसायीलाई औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (SEZ) तथा लिजमा उपलब्ध गराइने जग्गामा बनेका संरचना बैंकिङ प्रयोजनका लागि धितो राख्न पाउने व्यवस्था गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा यस्तो व्यवस्था ल्याइने जानकारी दिएका हुन्।
सरकारको यो निर्णयले उद्योगीलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी औद्योगिक पूर्वाधारमा गरिएको लगानीलाई वित्तीय पहुँचसँग जोड्दै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य सरकारले लिएको जनाएको छ।












