समृद्ध नागरिकलाई वृद्धभत्ता त्याग्न सरकारको आह्वान

1K
shares

काठमाडौँ । सरकारले वृद्धभत्ता लिइरहेका आर्थिक रूपमा सम्पन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आह्वान गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको स्रोत आवश्यक वर्गसम्म प्रभावकारी रूपमा पुर्‍याउन समृद्ध नागरिकलाई भत्ता नलिन आग्रह गरेका हुन्।

उनले सामाजिक सुरक्षा कार्यक्रमलाई थप लक्षित, दिगो र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वास्तविक रूपमा आवश्यक पर्ने नागरिकसम्म राज्यको सुविधा केन्द्रित गरिने बताएका छन्।