लोकप्रिय गायक कृष्ण रेउलेको स्वरमा नयाँ गीत ‘हिमाली पाखैमा’ सार्वजनिक
वि.सं.२०८३ वैशाख ९ बुधवार १४:४२
shares

काठमाडौं — नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक कृष्ण रेउलेको स्वरमा नयाँ गीत “हिमाली पाखैमा” सार्वजनिक भएको छ।
रेउले नेपाली लोकदोहोरी संगीत क्षेत्रका एक लोकप्रिय गायक हुन् र उनको स्वरमा प्रस्तुत गीतप्रति दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने मध्य यो गीतमा पनि उत्तिकै आशा गरिएको छ ।
एक पछी अर्को गितमा सफल गायक रेउले फेरी उक्त गीतमा हिमाली भेगको माया, दुःख–सुख र संस्कृतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। मिठो स्वर र सरल शब्द संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको संगीतबाट देखिन्छ ।
भिडियोतर्फ पनि आकर्षक दृश्यहरू समेटिएका छन्, जसमा हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा देखाइएको छ। सार्वजनिक भएको छोटो समयमै गीत सामाजिक सञ्जाल र युट्युबमा दर्सक उन्मुख देखिएको छ।
उक्त गित “हिमाली पाखैमा” मा शब्द तथा संगीत कृष्ण रेउलेको रहेको छ, भने स्वरमा मेलिना राई ज्युको साथ रहेको देखिन्छ र सङ्गित सम्योजनमा सुदिप सागरको रहेको छ भने अडियो रेकर्ड प्रीज्म रेकर्डिङ स्टुडियोमा गरिएको छ। यस गितमा ध्वनी सम्पादनमा स्याम स्वाइत रसाइलीले गरेका छन।
यसै गरी भिडियो तर्फ इन्दिरा सानु थापा ज्यु र पूर्ण गन्धर्व ज्युको उत्कृष्ट अभिनय रहेको छ भने निर्देशन जेरी भण्डारी ज्युले गर्नुभएको हो भने भिडियो सम्पादन नबिन घर्ती ज्युले गर्नुभएको छ।
गायक रेउलेका अनुसार नेपाली मौलिकता जोगाउने उद्देश्यले गीत तयार पारिएको हो। “हामीले आफ्नै पहिचान झल्काउने गीतहरूलाई प्राथमिकता दिनुपर्छ उनले बताएका छन्।
पुरा भिडियो हेर्न लिङ्क तल दिएको छ ।












