गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

1.74K
shares

काठमाडौं — गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय बढ्दो राजनीतिक दबाब र विभिन्न विवादका कारण उनले प्रधानमन्त्री समक्ष राजीनामा पेश गरेको स्रोतले जनाएको छ।

 गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट बाहिरिएका हुन ।

‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भनिन् ।

गुरुङमाथि सुरक्षा व्यवस्थापन, प्रशासनिक निर्णय तथा केही नीतिगत विषयमा आलोचना हुँदै आएको थियो। यस्तै विषयलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि बढ्दै गएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग्ने निर्णय गरेको बताइएको छ।

प्रधानमन्त्री कार्यालयले भने गुरुङको राजीनामाबारे औपचारिक निर्णय हुन बाँकी रहेको जनाएको छ। राजीनामा स्वीकृत भएपछि नयाँ गृहमन्त्रीको नियुक्ति प्रक्रियासमेत अघि बढाइनेछ।

यस घटनाले वर्तमान सरकारभित्रको आन्तरिक समीकरणमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।