नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रास्वपा नेता पक्राउ
वि.सं.२०८२ भदौ ६ शुक्रवार १३:३७
shares

बुटवल ।
रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको देखिएपछि रास्वपाका नेता पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरको हो ।
कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। कँडेल रास्वपाको बागमति प्रदेश समिति सल्लाहकार हुन् । यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो । कँडेल चितवनको लायन्स चोकस्थित कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।












