सरकारले माग पूरा नगरे भन्दै शिक्षकहरुद्धारा चरणबद्ध आन्दोलनको घोषणा

1.5K
shares

काठमाडौं ।

नेपनल शिक्षक महासंघले सरकारसँग भएका माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासङ्घले असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

महासंघले यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने जनाएको छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यही २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने छ ।