प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट दर्ता

949
shares

काठमाडौं ।

प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा यस्तो रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो ।

केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।