वैदेशिक रोजगारी ठगी अभियोगमा चार जना पक्राउ

3.72K
shares

काठमाडौं। वैदेशिक रोजगारी शिलसिलमा आकर्षक तलबको प्रलोभन देखाउदै विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेर आज सार्वजनिक गरिएको छ।

जिल्ला काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार  ठगिहरुमा, मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ की २६ वर्षीया मनिषा अधिकारी, चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य, गुल्मी रेसुंगा नगरपालिका-६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा स्याङ्जा चापाकोट नगरपालिका-९ का ४४ वर्षीय कृष्ण कुँवर पक्राउ परेका छन ।