वैकल्पिक राजनीतिलाई बलियो बनाउन रास्वपाको सल्यान–काठमाडौं सम्पर्क विभाग गठन

रास्वपाको संगठन विस्तार अभियान : सल्यान–काठमाडौं सम्पर्क विभाग गठन

9.75K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सल्यान जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना क्रियाशील सदस्य तथा समर्थकहरूलाई समेट्दै “सल्यान–काठमाडौं सम्पर्क विभाग” गठन गरेको छ।

शनिबार काठमाडौँमा सम्पन्न भेलाले देबिन्द्र थापाको नेतृत्वमा ११ सदस्यीय विभाग गठन गरेको हो। विभागको प्रमुखमा शारदा नगरपालिका–९ का देबिन्द्र थापा चयन भएका छन् भने सचिवमा दार्मा गाउँपालिका–५ का भुवन केसी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बनगाड कुपिण्डे–९ का एकेन्द्र एरी,  तारादेब ओलि बागचौर नगरपालिका – १२ का र बुद्धिघर्ती, कुमाख–३ का राम बहादुर राणा, त्रिवेणी गाउँपालिका–३ का खगेन्द्रराज घर्ती, छत्रेश्वरी गाउँपालिका–३ की बिना दाहाल, शारदा–९ का शंकर महान्त, बनगाड–६ का तिलक बहादुर बुढाथोकी तथा शारदा–९ का नवीन कुँवर चयन भएका छन्।

कर्णाली–काठमाडौं सम्पर्क विभागका प्रमुख समीर न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रेमनारायण बिकको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा युवा नेता जित सागर रावत तथा त्रिवेणी गाउँपालिका सभापति खड्गबहादुर बुढाले नवगठित समितिलाई सपथ तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

भेलामा सहभागीहरूले वैकल्पिक राजनीतिक शक्तिप्रति नागरिकको भरोसा बढ्दै गएको उल्लेख गर्दै संगठनलाई जनमुखी, पारदर्शी र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। वक्ताहरूले युवापुस्ताको सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जावान बनाएको उल्लेख गर्दै सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा पार्टी निरन्तर अघि बढिरहेको धारणा राखे।

कार्यक्रममा सल्यान घर भई काठमाडौँमा बसोबास गर्ने पार्टी समर्थक, युवा, व्यवसायी तथा विभिन्न पेशाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवगठित विभागले आगामी दिनमा सामाजिक, संगठनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।