एमालेभित्रको द्वन्द्व सतहमा, अखिल नेतृत्व दुई धारमा विभाजित

1.44K
shares

मोरङ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीको संयोजकको बन्ने विषयमा विवाद भएको छ । एकपक्षले उपाध्यक्ष रहेका सुन्दर हरौचाका एलिस ओझा चयन भएका बताइ रहदाँ नेकपा जिल्ला कमिटी सहितको टिमले भने केराबारीका संगम कन्दङ्गवालाई संयोजकका रुपमा चयन गरेको छ ।

शनिबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकले ओझालाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । अखिलका जिल्ला अध्यक्ष विरेन्द्र घिमिरेले यसअघि उपाध्यक्ष रहेका ओझालाई अनेरास्ववियु मोरङको संयोजकको जिम्मेवारी दिएको जानकारी दिए ।

घिमिरे संगठनले जारी गरेको ३२ वर्षे उमेरहदका कारण कमिटीमा बस्न नमिल्ने भएपछि नयाँ संयोजक तोकिएको हो । ओझा सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । यता शनिवार नै अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य प्रिती दाहालको प्रमुख आतिथ्यता भएको भेलाले केराबारीका संगमलाई जिल्ला संयोजकका रुपमा चयन गरेको जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी उपसचिव सन्तोस वान्तवा साथै अखिल कोशी प्रदेश कमिटी सहसंयोजक नवराज घिमिरे लगायतका केही जिल्ला कमिटीका पदाधिकारी बैठकले वर्तमान संयोजक घिमिरेको उमेर हदका कारण पदमा बसिरहन नपाइने भएकाले संगमलाई जिम्मेबारी दिइएको जनाएको छ । संगम केरावारीको खदम क्याम्पसका स्ववियु सभापती हुन् ।

मोरङ्गमा एमाले संस्थापन पक्ष र इतर विच ठुलो विवाद रहदै आएको छ । एमाले जिल्ला अधिवेशनमा एलिसका वुवा समेत रहेका राजकुमार ओझा पराजित भएका थिए । मोरङ्ग एमालेमा संस्थापन इतरकाको बहुमत रहेको छ । जसको नेतृत्व विनोद ढकालले गर्दै आएका छन् ।

पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारी समुहले आयोजनामा विभिन्न कार्यक्रमहरु सक्रिय बनाउँदै आएका छन् । संगमलाई समेत त्यसैको काउन्टर दिन संयोजक बनाइएको जानकारहरु बताउँछन् । जिल्ला स्तरमा दुई वटा गुट देखिएपछि उत्पन्न विवाद समाधानका लागि पहल भएको बुभिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पक्षधरलाई राजनीतिमा सक्रिय बनाएपछि देशभर एमालेभित्रको द्वन्द्व सतहमा आएको बुभिन्छ ।