एसईई रिजल्ट कसरी हेर्ने ?

1.12K
shares

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा केहीबेरमा सार्वजनिक हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ ।

एसईई-२०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR, तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ ।