भरतपुर महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी

962
shares

चितवन ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार १२ बजेदेखि लागु हुने गरी भरतपुर महानगरपालिकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी आदेशअनुसार अर्को सूचना नआएसम्म भरतपुरका तोकिएका क्षेत्रमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ।