विवाहमा अत्याधिक खर्च गर्ने जोडीको सम्बन्ध विच्छेद हुने खतरा धेरै

1.21K
shares

काठमाडौं।

विवाहमा अत्यधिक खर्च गर्ने जोडीहरूको सम्बन्ध विच्छेद हुने सम्भावना अन्यको तुलनामा बढी हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् । जसअनुसार महँगो समारोह, गहना, पोशाक, र भोजमा अत्यधिक लगानी गर्ने जोडीहरू आर्थिक तनावमा पर्न सक्ने र त्यसले सम्बन्धमा दरार ल्याउने खतरा हुने बताइन्छ।

विशेषज्ञहरू भन्छन्, सामाजिक दबाब, देखासिकी, र विलासी प्रदर्शनले आर्थिक बोझ त बढाउँछ नै, सम्बन्धलाई समेत चपेटामा पार्न सक्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा विवाहमा अत्यधिक खर्च गर्ने प्रवृत्ति बढ्दो छ। सामाजिक सञ्जाल र ट्रेन्डका कारण खर्चिलो विवाहलाई ‘सामाजिक हैसियत’ सँग जोड्ने प्रवृत्ति देखिएको छ।