जेलेन्स्कीसँग पुटिनले मानेन् भेट्न, अब कहिले हुन्छ वार्ता ?

1.85K
shares

काठमाडौं ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष भेटवार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन्। क्रेमलिनले जारी गरेको वक्तव्यअनुसार वर्तमान परिस्थितिमा यस्तो भेटवार्ताले कुनै सकारात्मक परिणाम नदिने भएकाले पुटिन तयार नभएको बताइएको छ।

रूस–युक्रेन युद्ध सुरु भएको दुई वर्षभन्दा बढी भइसके पनि दुवै देशका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता हुन सकेको छैन। युक्रेनले शान्ति प्रक्रिया अघि बढाउन निरन्तर संवादको प्रस्ताव गरे पनि पुटिनले पहिले ‘युद्ध रोक्नका लागि आवश्यक शर्तहरू’ पूरा हुनुपर्ने अडान दोहोर्याएका छन्।

रूसी पक्षले युक्रेनलाई पश्चिमी मुलुकले दिइरहेको समर्थन, नाटो विस्तार र रसियाविरोधी नीतिलाई वार्ता अवरोधको प्रमुख कारण बताएको छ। यसबीच, अन्तर्राष्ट्रिय समुदायले भने दुवै पक्षलाई वार्तातर्फ अग्रसर गराउन कूटनीतिक पहललाई तीव्र पारेका छन्।

जेलेन्स्कीले भने आफू पुटिनसँग वार्ता गर्न तयार रहेको, तर त्यस्तो छलफल सम्प्रभुता र भूभागीय अखण्डताको आधारमा मात्रै सम्भव हुने अडान पुनः दोहोर्याएका छन्। विश्लेषकहरूले पुटिनको अस्वीकारले युद्ध चाँडै समाप्त हुने सम्भावना झन् टाढिएको आकलन गरेका छन्।