प्रधानमन्त्रीले दिए राजीनामा, अब देश सेनाको नियन्त्रणमा जाने तयारी
वि.सं.२०८२ भदौ २४ मंगलवार १४:५८
shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति अझै बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।
मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्।
यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका थिए। तर, प्रदर्शकारीहरूले नेताहरूको घर छानी छानी आगजनी गरिरहेका छन्। सरकारी भवन, पार्टी कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरिरहेका छन्।
यसैबीच, सेनाको सम्भावित परिचालनबारे चर्चा सुरु भएको छ। सुरक्षा विश्लेषकहरूले राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, आवश्यक परे सैनिक बल परिचालन हुन सक्ने बताएका छन्।












