वजिरिस्तानमा आत्मघाती हमला : पाकिस्तानको आरोपबारे भारतले के भन्यो ?
वि.सं.२०८२ असार १५ आइतवार १७:४६
shares

नयाँ दिल्ली ।
पाकिस्तानको वजिरिस्तानमा भएको आत्मघाती हमलाको लागि पाकिस्तानी सेनाले भारतलाई दोष लगाएको आरोपप्रति भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले पाकिस्तानी सेनाको आधिकारिक बयान हेर्यौँ, जसमा जुन २८ मा वजिरिस्तानमा भएको आक्रमणको लागि भारतलाई जिम्मेवार ठहराइएको छ। हामी यसलाई पूर्ण रूपमा अस्वीकार गर्छौँ।’
पाकिस्तानको वजिरिस्तानमा शनिबार भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो। मिर अलीमा सुरक्षा बलको कारकेडमा आत्मघाती आक्रमण भएको थियो। विस्फोटक पदार्थले भरिएको गाडी सुरक्षा बलको गाडीसँग ठोक्काइएको थियो।
बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स ९आईएसपीआर० ले यो आक्रमण भारत-प्रायोजित आतङ्ककारीहरूले गरेको आरोप लगाएको छ ।
आईएसपीआरका अनुसार घटनापछि सुरक्षा बलले उक्त क्षेत्रमा आतङ्ककारीहरूलाई पछ्याएर कारबाही गरेको थियो । यस क्रममा १४ आतङ्ककारी मारिएका छन्।-












